रिहा भए निकोलस भुसाल
नेपाल प्रेस
२०८१ पुष ८ गते १९:१६
पोखरा । जिल्ला अदालत कास्की म्याद थपका लागि अनुमति नदिएपछि डाक्टर निकोलस भुसाल पक्राउ परेको २४ घन्टा नबित्दै रिहा भएका छन् ।
आइतबार राति काठमाडौबाट पक्राउ परेका निकोलसलाई सोमबार पोखरा ल्याइएको थियो । प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि अदालतले अनुमती नदिएपछी उनी रिहा भएका हुन् ।
हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा निकोलसलाई पक्राउ गरिएको थियो ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले निकोलस रिहा भएको पुष्टि गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर