संघर्षशील सहकारी ठगीको आरोपमा २ जना पक्राउ, जाहेरी दिन प्रहरीका आग्रह – Nepal Press

संघर्षशील सहकारी ठगीको आरोपमा २ जना पक्राउ, जाहेरी दिन प्रहरीका आग्रह

पोखरा । पोखरा महानगरपालिका–२३ कार्कीको तगरामा रहेको संघर्षशील बचत तथा ऋण सहकारी ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष धादिङ त्रिपुरासुन्दरी–६ घर भई पोखरा–८ नयाँबजार बस्ने ३३ वर्षीय विक्रम पाण्डे र सोही सहकारीका सचिवसमेत रहेका पोखरा–३१ बेगनासका ३४ वर्षीय कमल सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

संचालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी रकम हिनामिना र ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीको पत्रका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाण्डे पोखरा–१७ बिरौटा र सुवेदी पोखरा–२३ कार्की तगराबाट पक्राउ परेका थिए ।

दुवैलाई जिल्ला अदालत कास्की बाट सहकारी ठगी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।

यसैबीच कास्की प्रहरीले यस सहकारीबाट पीडित भएकाहरुलाई पुस २० गते भित्र जाहेरी आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *