भारतीय कारको ठक्करबाट हेटौँडामा एक पुरुषको मृत्यु – Nepal Press

भारतीय कारको ठक्करबाट हेटौँडामा एक पुरुषको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडामा भारतीय कारको ठक्करबाट स्कुटरमा सवार एकजना पुरुषको मृत्यु भएको छ भने स्कुटरमा सबार महिला घाइते भएकी छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर १ तिरतिरे धारा क्षेत्रमा भएको दुर्घटनामा स्कुटरमा सबार हेटौँडा १ का ३५ वर्षीय युवराज लामाको ज्यान गएको प्रहरीले बताएको छ ।

भैसेबाट हेटौँडा आउँदै गरेको बा.प्र ०३–००२ प ७२६७ नंबरको स्कुटरलाई भारतीय बिआर ०५ विए ००६ नंबरको कारले ठक्कर दिँदा गम्भिर भएका मोटरसाईकल चालक लामालाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टर मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

स्कुटरमा सबार हेटौँडा १ कि बबिता लामाको भने उपचार भैरहेको र उनको अवस्था मध्यम रहेको बताईएको छ । प्रहरीले कार चालक भारत बिहार मोतिहारीका सुकर्णप्रताप सिंहलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *