नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित
नेपाल प्रेस
२०८१ पुष ९ गते ७:२३
विराटनगर । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।
इटहरीमा भएको नेपाल जेसिजको ५१ औ महाधिवेशनमा भएको निर्वाचनमा थापा विजयी भएकी हुन । उनले जीवन कार्कीलाई पराजित गरिन ।
नेपाल जेसिजको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।
महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति जुट्न सकेको थिएन ।
अध्यक्षमा ५ जनाको आकाङ्क्षा भए पनि गएराती २ जनाका बिचमा चुनावी प्रतिस्पर्धा भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर