नयाँ वर्ष सुरु हुनु ६ महिना अगावै पञ्चाङ्ग प्रकाशन गर्न ध्यानाकर्षण – Nepal Press

नयाँ वर्ष सुरु हुनु ६ महिना अगावै पञ्चाङ्ग प्रकाशन गर्न ध्यानाकर्षण

काठमाडौँ । विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल र नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिले संयुक्त रूपमा नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई २०८२ सालको ढिलोमा माघ १ र २०८३ सालदेखि नयाँ साल सुरु हुनुभन्दा ६ महिना अगावै पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्नुपर्ने माग गर्दै ध्यानाकर्षण गराएका छन् ।

नेपालबाट विदेशमा बस्ने नेपालीहरूको संख्या वृद्धि हुँदै गइरहेको र धार्मिक संस्कार संस्कृति र परम्परा रीतिरिवाजहरू नेपालमा आएर गर्नुपर्ने हुनाले पञ्चाङ्ग (पात्रो) हेरेर साइत यकिन गरी कार्य गर्नुपर्ने र विदेशबाट नेपालमा आउँदा पूर्व तयारीको लागि समय धेरै चाहिने भएको हुनाले छिटो पञ्चाङ्ग प्रकाशन गर्न निर्णायक समितिलाई ध्यानाकर्षण गराइएको नेपाल ज्योतिष परिषद्का सचिव शिवलाल पौडेलले बताए ।

पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले ज्ञापनपत्र बुझ्दै यसको ध्यानाकर्षण भएको बताउँदै माग सम्बोधन गर्न आफू लागि पर्ने बताए ।

ध्यानाकर्षण गराउन नेपाल ज्योतिष परिषद् कार्यकारी सभापति कमलप्रसाद काफ्ले, उपमहासचिव घनश्याम चापागाईँ, सचिव शिवलाल पौडेल, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतम, सदस्य शंकर ढुङ्गेल, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति खिलनाथ काफ्ले, उपसभापति दुर्गामणि गौतम, सहसचिव लक्ष्मीप्रसाद घिमिरेसहितको टोली पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय नारायणहिटीमा पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर