एफवान सफ्टको प्रहरीमा उजुरी- ह्याकरले  बैंक खाताबाट साढे ३ करोड चोर्‍याे – Nepal Press

एफवान सफ्टको प्रहरीमा उजुरी- ह्याकरले  बैंक खाताबाट साढे ३ करोड चोर्‍याे

काठमाडौं । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ । कम्पनीको बैंकिङ प्रणाली ह्याक गरी खाताबाट पैसा चोरी भएको एफवान कम्पनीले जनाएको हो ।

एफवान सफ्टका अनुसार सिटिजन्स बैंकमा भएको कम्पनीको खाताबाट पटकपटक गरी साढे ३ करोडभन्दा धेरै रकम चोरी गरिएको हो । कम्पनीले आफ्नो खाताबाट रकम चोरी भएको भनेर साइबर ब्युरोमा उजुरी गरेको छ । सोही आधारमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

कम्पनीले प्रहरीमा दिएको उजुरीमा सन् २०२४ अक्टोबर १, २, ३, र ४ तारिखमा खाताबाट ह्याकरले पैसा चोरेको उल्लेख गरेको छ ।
राहुल ठाकुरलगातयका विपक्षीहरूको खातामा रकमान्तर भएको कम्पनीले प्रहरीमा उजुरी गरेको छ ।

‘राहुल ठाकुरसमेतका विपक्षीहरूको खातामा रकमान्तर गरी निजहरुले रकम झिकिलिएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरी रकमान्तर गरिलिएको सम्पूर्ण रकमसमेत निज विपक्षीहरूबाट दिलाई भराइपाउँ’, कम्पनीले दिएको उजुरीमा उल्लेख छ ।

कम्पनीको खाताबाट चोरी भएको पैसा नेपालमै विभिन्न व्यक्तिको खातामा लगेको देखिएको छ । एफवान सफ्टले फोन पे र ईसेवा जस्ता वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर