पाँच महिनामा जीवन बीमा कम्पनीले उठाए ६५ अर्ब ७४ करोड बीमा शुल्क
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर)सम्म जीवन बीमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हुन् ।
जीवन बीमा कम्पनीहरूले उक्त शुल्क प्रथम बीमा शुल्कबाट १२ अर्ब ४७ करोड १ लाख, वैदेशिक रोजगार बीमा शुल्कबाट १ अर्ब १८ करोड ९७ लाख र नवीकरण बीमा शुल्कबाट ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ संकलन भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले यस अवधिमा २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ७६ करोड ४८ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ७ अर्ब ६६ करोड ३६ लाख र मेट लाइफले २ अर्ब ३३ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
चालू आवको पाँच महिनामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ८९ करोड ४९ लाख रुपैयाँ शुल्क संकलन गरेको छ ।
यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड ७६ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख संकलन गर्दा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९९ करोड ६८ लाख बीमा शुल्क संकलन गरेका छन् ।
त्यसैगरी, यस अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड ७५ लाख, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ७९ करोड १४ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
यो बिमा कम्पनीहरूले कानून अनुरूप क्षतिपूर्ती दिन्छन् कि दिदैनन् ? बिमा कम्पनीहरू कानूनी छिद्र प्रयोग गरेर अन्याय गरेको छ की छैन भनेर बिमा नियामक ले हेर्छ की हेर्दैन? कोभिड बिमा नदिएको भनेर समाचारहरू आएका थिए, के भयो त्यो रकम, कसले हेर्यो जनताको पक्षमा? बिमा कम्पनीले आफ्नो दायित्व बिर्सेर जनतालाइ अन्यायमा पार्ने हो भने युनाइटेड इन्स्योरेन्स भन्ने अमेरिकी कम्पनीको सिइओ को झै हालत घट्न बेर लाग्दैन।