लिपुलेकबारे भारत र चीनबीचको सहमतिपछि गोकुल बास्कोटाले भने- नेपाललाई हेप्न खोजियो – Nepal Press

लिपुलेकबारे भारत र चीनबीचको सहमतिपछि गोकुल बास्कोटाले भने- नेपाललाई हेप्न खोजियो

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लीन वाल सजिलै ढल्ने टिप्पणी गरेका छन्।

भारत र चीनबीच नेपाली भूमि प्रयोगका लागि नेपालसँग सोधखोज नै नगरी दुई देशबीच सहमति गरेर अघि बढेपछि आपत्ति जनाएका हुन्।

‘शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लीन वाल सजिलै ढल्दो रहेछ। लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो’, उनले भनेका छन्, ‘हात्तीहरू जुझ्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्ने ?’

सम्प्रभुता सानाठुला सबै देशको बराबर हुने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर