कारबाहीको बचाउ गर्दै पदम गिरीले भने- भीम रावललाई पार्टीले शीरमा राख्यो तर उनले बदख्वाइँ गरिरहे – Nepal Press

कारबाहीको बचाउ गर्दै पदम गिरीले भने- भीम रावललाई पार्टीले शीरमा राख्यो तर उनले बदख्वाइँ गरिरहे

काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही परेपछि विभिन्न टीकाटिप्पणी भइरहेको बेलामा सांसद पदम गिरी कारबाहीको बचाउमा उभिएको छन्।

उनले रावललाई पार्टीले शीरमा राखेको भए पनि बदख्वाइँ गरिरहेपछि बाध्य भएर कारबाही गरेको प्रष्टीकरण दिएका छन्।

हिजो बसेको सचिवालय बैठकले रावललाई निष्कासन गर्नुको साथै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो।

कारबाहीको बचाउनमा गिरीको भनाइ जस्ताको त्यस्तैः

पार्टी सचिवालयको भीम रावललगायतको कारबाहीलाई लिएर एमाले भित्र भन्दा एमाले भन्दा फरक पार्टी कार्यकर्ताबाट बढी चिन्ता किन प्रकट भएको होला ?

पार्टीका केही कार्यकर्तामा पनि यो स्याल हुइयाको प्रभाव परेको हो कि रु के भीम रावलमाथि पार्टीले अन्याय नै गरेको हो त ?

यता फर्केर हेरौँ न त,

भीम रावलले विगतमा पार्टी र राष्ट्रका निम्ति योगदान नगरेको भन्न मिल्दैन । सँगसँगै उहाँलाई पार्टीले शीरमै राखेर अवसर र जिम्मेवारी नदिएको पनि होइन ।

-२०४६ सालमा अन्तरिम मन्त्री झलनाथ खनालको सल्लाहकार (स्वकीय)

-०५२ सालमा पर्यटन राज्यमन्त्री,

-२०५५ मा पर्यटन मन्त्री

-२०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्‍यो तर खोजेको मन्त्रालय नपाएपछि सरकारमा जानुभएन,

-२०६४ मा समानुपातिक सभासद्

-२०६६ मा गृहमन्त्री,

-२०७२ मा उपप्रधानसहित रक्षामन्त्री ।

उहाँको प्रवृति,

बुटवल महाधिवेशनमा उपाध्यक्ष हार्नुभयो तर केन्द्रीय सदस्य बन्नुभयो तर महिनौँसम्म शपथ लिनुभएन र पार्टी काममा जोडिनु भएन । तर २०६६ को माधव सरकारको गृहमन्त्री पाउने भएपछि हतार हतार भर्याङ्गमुनी केन्द्रीय सदस्यको शपथ लिनुभयो ।

– एमालेले तत्कालीन सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद् अवरोध गरिरहेको अवस्थामा ह्विप उलङ्घन गरी एमसिसी पारित गर्ने संसद् बैठक भाग लिनुभयो ।

– माधव नेपाल पार्टी विभाजन गरेपछि बृहत् पार्टी एकता कायम राख्ने र अगाडि बढ्न १० बुँदे सहमति भयो, उक्त सहमतिका पक्षमा सबै नेताहरू तयार हुनुभयो तर भीम रावल कार्यान्वयनमा नलागी पार्टी हित विरुद्ध बोल्दै हिँड्नुभयो ।

– पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पद स्वीकार्नुभएन, केन्द्रीय सदस्य बन्नुभएन, अनि पार्टीले विधान बमोजिम दिएको सल्लाहकार पदलाई स्वीकार पनि गर्नुभएन र पार्टी हितविरुद्व निरन्तर बोलिरहनुभयो । स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन हिँड्नुभएन बरु असन्तुष्टि पोखिरहनुभयो जसका कारण उहाँकै नगरपालिका साँफेबगर समेत गठबन्धनबाट समाजवादीले जित्न पुग्यो अरू थुप्रै क्षति व्यहोर्नुपर्यो ।

– राष्ट्रिय मुद्दाका कयौँ विषयमा पार्टी बैठकमा आफ्नो मत नराख्ने पब्लिक खपतका लागि मिडिया र सार्वजनिक स्थानमा बोल्ने र पार्टी नेतृत्वलाई दबाबमा राख्न खोज्ने अर्थात् आफू असली राष्ट्रवादी बाँकी सबै घाती देखाउने अनुशासनहीन गतिविधि खुलेआम गरिरहनुभयो ।

– पार्टी कार्यालय भवन बनाउने पार्टीको निर्णयका विषयमा पार्टीमा होइन पब्लिक खपतका निम्ति बाहिर बोलिरहनुभयो र सो सम्बन्धमा किन त्यसरी बोलिरहेको भनी स्पष्टीकरण माग्दा जवाफ समेत दिनुभएन ।

के यसै गरी मनलाग्दी बोल्ने, पार्टी हितकाविरुद्व गतिविधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोलि सयौँ भीम रावल जन्माएर अराजकता हुर्काउने ? त्यसैले जो कोही पनि पार्टी विधि विधान र अनुशासनमा बस्नपर्दछ अन्यथा कम्युनिष्ट पार्टी अराजकताको सिकार बन्ने र समाप्तको बाटोमा पुग्न कसैले रोक्न सक्दैन ।


प्रतिक्रिया

One thought on “कारबाहीको बचाउ गर्दै पदम गिरीले भने- भीम रावललाई पार्टीले शीरमा राख्यो तर उनले बदख्वाइँ गरिरहे

  1. सहि कुरा । मैले भनेकोसँग मिल्यो । एमाले भएपछि यसरी नै सोच्नुपर्छ । भिम रावल एकनम्बरको स्वार्थी, पदलोलुप, दुष्ट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर