विकास बैंकहरुको शेयर मूल्यमा पहिरो – Nepal Press

विकास बैंकहरुको शेयर मूल्यमा पहिरो

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रोक लगाएपछि विकास बैंकहरुको शेयरमूल्यमा पहिरो गएको छ । बिहीबारको कारोबारमा सबै विकास बैंकहरुको शेयरमूल्य घटेको छ ।

बिहीबारको कारोबारमा तीन विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।

यी तीन वटै बैंकको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता क्रमशः १३९९.५०, ११५६.५० र ८४६ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ ।

त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.४४ प्रतिशतले घटेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.४० प्रतिशतले घटेको छ । साथै एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ४.४२ प्रतिशतले घटेको छ ।

४.१९ अंकले बढेको नेप्सेमा सबै विकास बैंकको शेयरमूल्य आज घटेको छ । विकास बैंक समूह आज समग्रमा २.४८ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा प्रभु बैंकको सर्वाधिक (५० करोड ७७ लाख)को कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर