प्रधानमन्त्रीको निर्देशन: अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस् – Nepal Press

प्रधानमन्त्रीको निर्देशन: अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोप–३० जाँदा भाषण सुनेर फर्किने नभइ निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिएका छन् ।

बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन सम्बन्धी सम्मेनहरुलमा जाँदा भाषण सुन्ने नभइ निर्णय गराउनसक्ने गरी जानुपर्ने बताएका हुन्।

उनले सम्मेलनका दिइने ३ मिनेटलाई कतिबेला आयो भन्नेकुराको जानकारी बिनै उत्कृष्ट रुपमा आफ्ना धारणा र एजेण्डाहरु प्रश्तुत गर्नुपर्ने बताए । उनले कोप ३० मा जाँदा नेपालले आफूलाई विशेष तयारीका साथ जानुपर्ने बताए ।

सबै एकजुट भएमात्रै जलवायु परिवर्तनका समस्या न्युनिकरण गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसम्बन्धी असर न्युनिकरणका लागि ठोस नीति बनाउनुपर्ने बताए ।

उनले भने,‘ नेपालले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नेतृत्व लिन सक्नुपर्नेछ ।कसको जिम्मेवारी के ?कसले के गर्ने ? भनेर सरकारले समिति बनाउने र समितिको सुझावअनुसार जलवायु अनुकुलनका लागि काम गर्नुपर्छ ।’ त्यसको लागि अहिलेदेखि नै कोप ३० को तयारीमा लाग्न निर्देशन दिए।

कोप २० बाट ३० आउँदासम्म नेपालले गरेका कामहरुको प्रतिवेदन बनाउने र आफ्ना एजेण्डाहरु दृढ र स्पष्ट बनाउनुपर्नेमा जोड दिए । हिमालमा जलवायु परिवर्तनका कारण परेको असरमा नेपालले प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

साथै उनले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताए ।

प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले थपे,’ नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भएपनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको छ  ।’  अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर