बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन : योगेश भट्टराई (भिडिओ) – Nepal Press

बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन : योगेश भट्टराई (भिडिओ)

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको दाबी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए ।

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना होइन। प्रधानमन्त्रीको चीन भ्रमणमा भएको बिआरआई फ्रेमवर्कमा हस्ताक्षर हुँदा कुन कुन आयोजना गरेका छन् । सबैलाई थाहा भएको छ ।’

सम्झौता हुँदा उल्लेख भएका १० आयोजनाहरू बिआरआई परियोजनामा रेल्व, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायत रहेको बताए ।

उनले थपे, ‘१० वटै आयोजनाहरू अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना हो। यसमा स्पष्ट छ । यो परियोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छैन । दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्छ । सरकारले केही सहुलियत दिने घोषणा गरेको छ । राजश्वमा समेत छुट दिएको छ ।’

उनले आफूहरु एमसिसी र बीआरआईको पक्षधर भएको बताए । उनले थपे, ‘हामी एमसीसकिो कुरा गर्दा चीनलाई बीचमा ल्याउँदैनौं । बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन । भारतीय एक्जिम बैंकको पैसा कहाँ लगानी गर्ने भनेर चीनसँग सल्लाह गर्न जाँदैनौं । यो अहिलेको सरकारको स्ट्याण्डिङ नीति हो ।’

 

 


प्रतिक्रिया

One thought on “बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन : योगेश भट्टराई (भिडिओ)

  1. सही कुरा । फेरि बिआरआई अन्तर्गत नै बनेको भए पनि त्यो नेपाल र चीनको सहमतिमा भएको हो नि । बिआरआई भए के भारतबाट नेपाली जहाज आउन जानै नहुने ? यहि हो भारतको तानाशाही प्रवृत्ति । यस्तो सोच भएको दुष्ट छिमेकी छ । भारतको सबैभन्दा धेरै आयात चीनबाट हुन्छ । अनि नेपालमा चाहिँ चीनले बनाईदिएको एयरपोर्टबाट भारत जहाज लानै नहुने ? बुद्व एयरले पोखराबाट बाराणसी उडान शुरू गर्न खोज्दा पोखरा एयरपोर्ट त चीनले बनाईदिएको भनेर भारतले अनुमति नै नदिएकाले अड्किएको प्रसंगमा योगेशले भनेका हुन् । यो भन्दा घटिया कुरा के होला ? यसैबाट प्रमाणित हुन्छ कि भारत नेपालको विकास देख्नै चाहादैन र आफ्नो मात्र दास बनाउन चाहान्छ । यस्ता तुच्छ, दुष्टका पनि चाईना कार्ड भन्ने दलाल छन् नेपालमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर