रास्वपाको सचिवालय बैठक जारी, के गर्ला निर्णय ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा अहिले बैठक जारी छ ।
बैठकमा पछिल्ला समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल चलिरहेको जनाएको छ ।
हाल पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल रहेका छन् । आजको बैठकले संसदीय दलको नेताबारे पनि निर्णय गर्नसक्ने जनाइएको छ ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि लामिछानेको इच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।