वाणिज्यभन्दा विकास बैंकहरुको शेयर मूल्य बढी, कुनको कति ?
काठमाडौं । यस साताको कारोबारको अन्तिम दिन अर्थात् बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१९ अंकले बढेर बन्द भयो । यस दिनको कारोबारमा नेप्से झिनो अंकले बढेपनि विकास बैंकहरुको शेयर मूल्य घटेर राताम्मे भएको थियो ।
तर, नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुको शेयर मूल्यमा भने हरियाली छाएको थियो । बिहीबार सबै वाणिज्य बैंकहरुको शेयर मूल्य बढेपनि विकास बैंकहरुको भन्दा कम नै रहेको छ । ११ वटा वाणिज्य बैंकहरुको शेयरमूल्य २ सयको हाराहारीमा छ । अन्य वाणिज्य बैंकहरुको शेयरमूल्य ३ सयदेखि ६ सयको बिचमा रहेका छन् ।
बिहीबार १५ वटा विकास बैंकहरुको कारोबार भएको थियो । यी सबै बैंकहरुको शेयरमूल्य घटेको थियो । शेयरमूल्य घटेपनि वाणिज्य बैंकहरु भन्दा विकास बैंकहरुको शेयरमूल्य भने धेरै रहेको छ ।
ज्योती, महालक्ष्मी र मुक्तिनाथ विकास बैंकबाहेक अन्य सबै विकास बैंकहरुको शेयरमूल्य ३ सय रुपैयाँ माथी रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता १३९९.५० रुपैयाँ रहेको छ ।