काम गर्न इच्छा हुनेलाई नेपालमै धेरै अवसर छन् : उपप्रधानमन्त्री सिंह (भिडिओ)
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् ।
मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्दै ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन र अवसर सिर्जनामा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हाम्रा पुर्खाले हामीलाई सिकाएर गएका सिपहरु, जुन संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पुर्याउँछ भन्ने मलाई विश्वास छ । आफू जन्मेको ठाउँमा बसेर के नै गर्न सकिन्छ र ? भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ । काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ ।’
देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताए । महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।