कोशीमा पहिचान पक्षधरको पार्टी निर्माणको कसरत, महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा – Nepal Press

कोशीमा पहिचान पक्षधरको पार्टी निर्माणको कसरत, महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा

विराटनगर । लामो समयको कसरत र गृहकार्यपछि कोशी प्रदेशमा पहिचानको आन्दोलन गरिरहेका समूहले ५ महिना भित्रमा पार्टी निर्माण गर्ने तयारी गरेका छन् ।

इलाममा सम्पन्न भएको उप निर्वाचन अगावै पार्टी निर्माणको तयारी थालेका कोशी प्रदेशमा रहेको पहिचानवादी दलहरूले राजनीतिक दल निर्माण गर्ने गरिको मोर्चा समेत निर्माण गरेका छन् । ५ महिना भित्र देशको जिम्मा नै लिने गरिको राजनीतिक पार्टी निर्माण गर्ने सङ्कल्प सहित पहिचानवादी सङ्गठनबिच एउटै मोर्चा बन्दी भएको छ ।

मोर्चाको संयोजक भने डा महेन्द्र लावती तोकिएका छन् । यस अघि नै उनको नेतृत्वमा पार्टी बनाउने तयारी भएको थियो । तर उनको नेतृत्वमा पार्टी निर्माण गर्ने बिषयमा पहिचानवादीहरूकै बीचमा सहमति भएको थिएन । पार्टी निर्माणको सङ्कल्प गरे पनि तत्काललाई भने संयुक्त पहिचानवादी मोर्चा बनाएर अगाडि बढिएको मोर्चाको एक घटन प्रदेश नम्बर १ पुन नामाङ्कन अभियान समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

मोर्चामा नेपाल जनमुक्ति पार्टी, प्रदेश नं १ पुनः नामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङ सङ्घीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको प्रदेश नं १ समिति आबद्ध छन् । इलाममा भएको उप निर्वाचन अगावै पार्टी निर्माणको तयारी भएको थियो थेगिमले भने, त्यही बेलादेखिको कसरतको प्रतिफल हो । हामी पार्टी निर्माणको चरणमा पुगेका छौ । उनले आफूहरूले बनाउने पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरे ।

उनले भने, ‘यो राष्ट्रिय पार्टी हो । हामी क्षेत्रीय पार्टीको अवधारणमा छैनौ । ४ महिना भित्रमा पार्टीको कार्यदिशा र विधान निर्माण हुने छ । उनले भने यसका लागि हरेक मोर्चाबाट छलफल पछि पार्टीको अवधारण पत्र र कार्यदिशा निर्माण हुन्छ । मोर्चामा आबद्ध प्रा डा लावती अमेरिकाको वेस्टर्न मिचिगन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक हुन् । उनी यसअघि जनता समाजवादी पार्टी जसपा का केन्द्रीय सल्लाहकार थिए । उनी पद्म सुन्दर लावतीका छोरा हुन् । पहिचान पक्षधरकै केही समूह र घटकले भने पद्म सुन्दर लावतीका छोरा भएका कारण महेन्द्रले पहिचानको आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै आलोचना समेत गर्दै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *