तरूण दलको संशोधित विधान तयार, २१ जिल्लामा अधिवेशन गराउन तोकियो संयोजक
काठमाडौं । नेपाल तरुण दलको संशोधित विधान तयार भएको छ । संशोधित विधान तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेको छ ।
उक्त विधान कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरी नेपाली सहमहामन्त्री एवं नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिका संयोजक महालक्ष्मी उपाध्याय(डीना) र समितिको सदस्य नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंङ बस्नेतले अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
साथै २१ जिल्लामा अधिवेशन गराउन संयोजक तोकिएको छ ।
महाधिवेशन निर्देशन समितिको बैठकले कांग्रेस पार्टीको अथवा नेपाल तरुण दलको जुन जुन पदमा रहेतापनि जिल्ला कार्यसमितिको अध्यक्षको समेत जिम्मेवारीमा रहेका विभिन्न जिल्लाको व्यक्तिहरुलाई पार्टी र जिल्लाको केन्द्रीय सदस्य हरुसँग समन्वय गरि जिल्ला अधिवेशन गराउन संयोजक तोकिएको छ ।