सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन सक्दैन: मुख्यमन्त्री लामा (भिडिओ)
नेपाल प्रेस
२०८१ पुष १३ गते १७:२८
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन नसक्ने बताएका छन् ।
शनिबार चितवनको भरतपुरमा चितवन उद्योग संघको ३३औ वार्षिक साधरणसभाको उद्घाटन गर्दै उनले सरकारले गरेका ठूल्ठूला पूर्वाधार विकासको कुनै चर्चा नहुने, तर सानातिना कामको बढी प्रशंसा हुने गरेको बताए ।
सरकारले उद्योगी व्यवसायी र किसानलाई दिएको अनुदानको उचित ठाउँमा लगानी नभएको उनको भनाइ थियो ।
ससाना कामको लागि पनि सरकारको मुख ताक्नु गलत भएको बताउँदै मुख्यमन्त्री लामाले सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।
प्रतिक्रिया