नेपालको बिजुली उत्पादन ३ हजार ५०० मेगावाटको हाराहारी पुग्यो: कुलमान घिसिङ (भिडिओ) – Nepal Press

नेपालको बिजुली उत्पादन ३ हजार ५०० मेगावाटको हाराहारी पुग्यो: कुलमान घिसिङ (भिडिओ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको बताएका छन् ।

शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्दै उनले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताएका हुन् ।

उनले भने, ‘हिजोको अवस्थाबाट हामी आजको अवस्थामा आइपुगेका छौं । पहिला लोडसेडिङको अवस्था थियो । अहिले हामी योबाट निकै अगाडि बढिसकेका छौं । हरेक गाउँगाउँमा विद्युत पुगिसकेको अवस्था छ । केही विकट ठाउँहरुमा पुग्न बाँकी छ ।’

कार्यकारी निर्देशक घिसिङले अहिले उत्पादित बिजुली करिब ३ हजार ५०० मेगावाटको हाराहारीमा रहेको बताए । उनले ३ हजार ५०० मेगावाटको हाराहारीमा बिजुली हुँदा पनि ड्राइ सिजनमा नपुग्ने अवस्था रहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुशीलबाबु ढकालले भौतिक पूर्वाधारका कामहरु गर्न बजेटको अभाव रहेको बताए । उनले डायस्पोराका नेपालीहरुलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

नेपाल सरकारका सहसचिव कुबेर नेपालीले विद्युतीय सवारीसाधनका कारण प्रदूषण घटेको र सार्वजनिक यातायात व्यवस्थित हुँदै गएको बताए ।

त्यस्तै जलवायु परिवर्तन र बसाइसराइ विषयको प्यानल डिस्कसनमा विज्ञ अमिना महर्जन, पत्रकार कुन्द दीक्षित, विज्ञ डा. गणेश गुरुङ, वातावरण मन्त्रालयका नरेश शर्माले जलवायु परिवर्तनको जोखिमबारे आआफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *