महासचिव शंकर पोखरेललाई प्रश्न- पूर्वराष्ट्रपति भण्डारी एमालेको आगामी महाधिवेशनमा अध्यक्षको दाबेदार हो ? – Nepal Press

महासचिव शंकर पोखरेललाई प्रश्न- पूर्वराष्ट्रपति भण्डारी एमालेको आगामी महाधिवेशनमा अध्यक्षको दाबेदार हो ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पछिल्लो समयको सक्रियतालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँको उमेर छ, सामाजिक काममा उहाँको संलग्नतालाई सकारात्मक रुपमा लिनुपर्छ । अन्यथा बुझ्नुपर्ने आवश्यकता छैन ।’

भनेपछि भोलिको दिनमा उहाँ अध्यक्षको दाबेदार पनि हो भन्ने जिज्ञासामा उनले थपे, ‘त्यो त पार्टीको कुरा हो । को नेता हुने भन्ने पार्टी नेता कार्यकर्ताको कुरा हो । जहाँसम्म उहाँ पार्टीको पूर्वनेता र पूर्वराष्ट्रपतिको हैसियतले सामाजिक जीवनमा सक्रिय हुने कुरा आवश्यक पनि छ । उहाँको जिम्मेवारीको कुरा पनि छ ।’

महासचिव पोखरेलले भण्डारीको संगठित सदस्य नवीकरण गरेको विषयमा पार्टीलाई जानकारी नभएको बताए ।

उनले पार्टीमा अहिले कुनै गुट नरहेको दाबी गर्दै पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा रहेको बताए ।

उनले कांग्रेस र एमालेबीच २०८४ को चुनाव एक्लाएक्लै लड्ने सहमति भएको पनि बताए । महासचिव पोखरेलले एमालेले सके एमालेले, कांग्रेसले सके कांग्रेसले चुनावमा एकल बहुमत ल्याउने प्रयास गर्ने भन्दै जित्नेले सरकार चलाउने बताए ।


प्रतिक्रिया

One thought on “महासचिव शंकर पोखरेललाई प्रश्न- पूर्वराष्ट्रपति भण्डारी एमालेको आगामी महाधिवेशनमा अध्यक्षको दाबेदार हो ?

  1. विद्या भण्डारी पार्टी राजनीतिमा आउनु भनेको स्वयम् र पार्टीको सत्यानास गर्नु हो ।नैतिकतालाई माटोमा मिलाउनु हो । त्यसो भए त भोलि सबै न्यायाधिशले पनि पार्टी खोले भैहाल्यो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *