काठमाडौं महानगरले निःशुल्क कानूनी सेवा दिइरहेको छ: उपमेयर डंगोल (भिडिओ)
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरले अहिले न्यायिक समितिबाट निःशुल्क कानूनी सेवा दिइरहेको बताएकी छन् ।
शनिबार नेपाल संवत् ११४५ न्हुँदको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले न्यायिक समितिबाट थुप्रै कामहरु गरिरहेको महानगरले निःशुल्क कानूनी सेवा दिइरहेको बताएकी हुन् ।
उनले भनिन्, ‘न्यायिक समितिबाट थुप्रै कामहरु गरेका छौं । देशभरका उपप्रमुख र न्यायिक समितिका सदस्यहरुलाई आमन्त्रण गरेर पहिलो वर्षमा नै राष्ट्रिय न्यायिक समितिको सम्मेलन गर्यौं । यसको उद्देश्य सबै आमनागरिकलाई न्यायको पहुँच छिटो छरितो बनाउनुमात्र नभएर समितिले सम्पादन गरेका काममा एकरुपता आओस् भन्ने हो । अहिले समितिबाट निःशुल्क कानूनी सेवा पनि दिइरहेका छाैं ।’
उपमेयर डंगोलले ७५ हजारको हाराहारीले निःशुल्क कानूनी सेवा लिइसकेको बताइन् ।
उनले लैङ्गिकताको आधारमा कुनै पनि हिंसा हुन्छ भने त्यसलाई न्यूनीकरण गर्न महिला सञ्जाल र त्यो पनि महिला प्रतिनिधिहरुको नेतृत्वमा अघि बढिरहेको बताइन् ।