मधेशमा अत्यधिक हुस्सु र कुहिरो, सडकमा गाडी गुडाउन मुस्किल
जनकपुरधाम । धनुषा, सिरहा, महोत्तरीसहित मधेसका जिल्लामा अत्यधिक हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो लागेकाले चिसो ९जाडो० बढेको हो ।
आज बिहानैबाट कुहिरोले आकाश ढाकेको छ । कुहिरोका कारण ८र१० मिटर पर पनि सडक नदेखिँदा सवारी साधन गुडाउन पनि मुस्किल परेको छ । कुहिरोले सवारी दुर्घटनाको जोखिम बढाएको छ ।
विगतका वर्षहरूमा तराई/मधेशको जिल्लाहरूमा पौष महिनाभर अत्यधिक जाडो हुने गरेको थियो । तर यस वर्ष आज बल्ल चिसो महसुस भएको छ । चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।
जाडोबाट सबैभन्दा बढी बालबालिका र वृद्ध वृद्धा बढी प्रभावित भएका छन् । चिसो छल्न गाउँघरमा विशेष गरी वृद्ध वृद्धाहरु घुरा (आगो) ताप्ने गर्छन् ।