अंग्रेजी नामका १८ ‘बोर्डिङ स्कूल’ले दिए नेपालीकरणको निवेदन, नयाँ नाम वेदश्रीदेखि कल्पवृक्षसम्म – Nepal Press

अंग्रेजी नामका १८ ‘बोर्डिङ स्कूल’ले दिए नेपालीकरणको निवेदन, नयाँ नाम वेदश्रीदेखि कल्पवृक्षसम्म

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित अंग्रेजी नामका १८ वटा बोर्डिङ स्कूलले नाम परिवर्तनका लागि निवेदन दिएका छन् ।

महानगरले जारी गरेको सूचनाअनुसार नेपालीकरणका लागि निवेदन दिएका विद्यालयहरूले नयाँ नाम वेद श्रीदेखि कल्पवृक्षसम्म नाम राखेका छन् ।

यस्तै, दक्षता स्कूल, वितारा बालग्राम, मेघाश्री विद्यालय नाम कायम गरिदिन पनि आग्रह गरिएको छ ।

महानगरमा प्राप्त शैक्षिक स.स्थानको नाम र स्थान परिवर्तनकासम्बन्धमा पनि कुनै व्यक्ति वा संघसंस्थाका दाबी विरोध भएमा प्रमाणसहित ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *