टोखावासीलाई चाकु बनाउने चटारो (तस्बिरहरू) – Nepal Press

टोखावासीलाई चाकु बनाउने चटारो (तस्बिरहरू)

काठमाडौं । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ।

चाकु माघे संक्रान्ति अर्थात् जाडो याममा धेरै सेवन गरिने परम्परागत एवं मौलिक परिकार हो ।

सामान्य रूपमा अन्य समयमा यसको प्रयोग भएता पनि माघे संक्रान्तिको बेला बढी खपत हुने गर्छ ।

काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ ।

चाकु भन्ने बित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि, टोखा चाकुको लागि प्रख्यात ठाउँ हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *