प्रतिनिधिसभाको सचिव नियुक्तिका लागि हर्कराज राई सिफारिस
नेपाल प्रेस
२०८१ पुष १४ गते १२:१५
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिसम्बन्धीको सिफारिस गरेका हुन् । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
झापाको शिवसताक्षी- २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर