केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेन :डा. शेखर कोइराला
जनकपुर । नेपाली कांग्रेसका नेताडा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति कर्मचारी एन, शिक्षा ऐन, प्रहरी ऐनलगायतका ऐन हाल सम्मान बन्न सकेको र यसमा आफू स्वयम पनि जिम्मेवार रहेको बताएका छन् ।
मधेश प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखे । यसमा कांग्रेस लगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उतिनै जिम्मेवार रहेको उनले बताए ।
त्यस्तै, यसको समाधानका लागि जतिसक्दो निजामति कर्मचारी ऐन, प्रहरी एन, शिक्षा ऐन ल्याउन आवश्यक रहेको उनले बताए । तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उनको भनाई छ ।
सिडिओलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम कानुन बनाएर दिन आवश्यक रहेको उनले औंल्याए । डा. कोइरालाले यसमा केन्द्र बसेको आफूलगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गरे ।