पूर्वन्यायाधीश वस्तीको निधन शोकमा सर्वोच्चका सबै मुद्दाको सुनुवाइ स्थगित – Nepal Press

पूर्वन्यायाधीश वस्तीको निधन शोकमा सर्वोच्चका सबै मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

वस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पेशी सूची तोकिएपछि आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको हो । सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ भइरहेका छन् ।

आइतबार बिहान पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर