लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण (भिडिओ)
काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएको छ । हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोकिएको हो ।
काभ्रेपलाञ्चोक प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले हेलिकप्टरमा चरा ठोक्किएपछि काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएको बताइन् ।
उनले भनिन्, ‘हेलिकप्टरमा चरा ठोक्किएको जानकारी आएपछि प्रहरीको टोली त्यसतर्फ गएको छ । साँगामा आकास्मिक अवतरण भएको छ । मानवीय क्षति भएको छैन ।’
११ बजे लुक्लाबाट उडेको हेलिकप्टरमा ५ जना अमेरिकी नागरिक र एक चालक गरी ६ जना सवार थिए ।
नेपाल नागरिक उडड्न प्राधिकरणका सूचना अधिकरी ज्ञानेन्द्र भुलले हेलिकप्टरका ५ जना यात्रु गाडी चडेर काठमाडौं आएको बताए ।
उनले भने, ‘हेलिकप्टरमा चारा ठोकिएर साँगामा ल्याण्ड भएपछि यात्रुहरू भने गाडी चढेर काठमाडौं आएका छन् । हेलिकप्टरलाई प्राविधिक परीक्षणपछि मात्रै काठमाडौं ल्याइने छ ।’