चरा ठोक्किएको हेलिकप्टरमा सवार ५ जना गाडीमा काठमाडौं आउँदै, प्राविधिक परीक्षणपछि मात्रै उड्ने – Nepal Press

चरा ठोक्किएको हेलिकप्टरमा सवार ५ जना गाडीमा काठमाडौं आउँदै, प्राविधिक परीक्षणपछि मात्रै उड्ने

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा सवार ५ जना यात्रु साँगाबाट गाडीमा काठमाडौं आएका छन् । हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकास्मिक ल्याण्ड गरेको हेलिकप्टर भने प्राविधिक परिक्षणपछि मात्रै काठमाडौं आउने भएको छ ।

नेपाल नागरिक उडड्न प्राधिकरणका सूचना अधिकरी ज्ञानेन्द्र भुलले हेलिकप्टरका ५ जना यात्रु गाडी चढेर काठमाडौं आएका बताए ।

उनले भने, ‘हेलिकप्टरमा चारा ठोकिएर साँगामा अवतरण भएपछि यात्रुहरु भने गाडी चढेर काठमाडौं आएका छन् । हेलिकप्टरको प्राविधिक परिक्षणपछि मात्रै काठमाडौं ल्याइने छ ।’

हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा आज चरा ठोकिएको थियो । हेलिकप्टरमा चरा ठोकिए पनि मानविय क्षति भएको छैन ।

११ बजे लुक्लाबाट उडेको हेलिकप्टर काठमाडौं आउने क्रममा चरा ठोकिएपछि साँगामा आकास्मिक अवतरण भएको थियो । हेलिकप्टरमा ५ जना अमेरिकी नागरिक र एक चालकसहित ६ जना सवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर