धितोपत्र सम्बन्धी विधेयकमा २८ सांसदका ९६ संशोधन प्रस्ताव दर्ता
नेपाल प्रेस
२०८१ पुष १४ गते १४:१०
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतकाे अर्थ समितिमा छलफलमा रहेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा २८ सांसदले ९६ संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
गत असोज ६ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको विधेयकमाथी भदौ ११ मा सामान्य छलफल गरी प्रतिनिधि सभाले उक्त विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाएको थियो ।
भदौ १८ मा अर्थ समितिमा पेश भएको विधेयकमाथी १३ जना सांसदले एकल र बाँकी १५ जना सांसदले संयुक्त रुपमा गरेर १९ वटा संशोधन प्रस्तावमार्फत ९६ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । जसमा एउटा संशोधन प्रस्ताव भने फिर्ता भइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर