नेपाल जेसिसका निवर्तमान राष्ट्रिय अध्यक्ष पोखरेलसहितका युवाहरु एमालेमा समाहित
काठमाडौं । नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेल एमालेमा प्रवेश गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका युवाहरुलाई पार्टीमा स्वागत गरे ।
सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा समाहित भएको केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।
नवप्रवेशी युवालाई आ आफ्नो प्रतिभा र क्षमता देखाएर काम गर्न सुझाव दिए । उनले आज समाजमा युवा पुस्तालाई नकारात्मकताको बाटोमा लैजाने प्रवृति हाबी भएकाले सत्य स्थापित गर्न चुनौति रहेको बताए ।
जेसिसका निवर्तमान अध्यक्ष पोखरेलले आफूले जेसिसमा काम गर्दा प्राप्त गरेको अन्तर्राष्ट्रिय अनुभवलाई समेत पार्टी र देशको पक्षमा प्रयोग गर्ने बताए । युवालाई राजनीतिका नाममा बराल्न खोज्ने तत्वहरु अहिले राजनीतिमा आउन लागेकाले सही बाटोमा लैजान एमालेमा प्रवेश गरेको उनले बताए ।
यो लहरलाई देशव्यापी बनाओै । युवाले नै देश बनाउने हो । अनि देश बनाउने पार्टी नै एमाले हो ।
पुराना भ्रष्ट र अपराधी पार्टी मध्य एमाले नै ठिक हो!
युवाहरूको पार्टी नेकपा एमाले रहेछ बधाई