नबिल बैंकको वरिष्ठ डीसीईओमा ज्ञवाली बढुवा – Nepal Press

नबिल बैंकको वरिष्ठ डीसीईओमा ज्ञवाली बढुवा

काठमाडौं । नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रहेका ज्ञवाली सिनियर डीसीईओमा बढुवा भएका हुन् ।

उनलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।

२०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएपछि उनी नबिल बैंकमा जोडिएका थिए । त्यसबेला ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धक डीजीए नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर