आगामी यात्राबारे आन्तरिक छलफलमा रावल- भेटे स्वतन्त्र सांसद जोशी र कांग्रेस बीपी उपसभापति मल्ल
काठमाडौं । नेकपा एमालेबाट निकालिएका भीम रावलले आन्तरिक भेटघाट बढाएका छन् । नयाँ पार्टी घोषणा गरेर जानेसम्मको विकल्पमा नेता रावलले आफू निकटका नेताहरुसँग छलफललाई तीव्र बनाएका हुन् ।
रावलले आज नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् । दुई नेताले रावल निवास टोखामै पुगेर भेट गरेका हुन् ।
दुई नेतासँगको भेटबारे जानकारी दिँदै रावलका सहयोगी गोविन्द दुवालले फेसबुकमा लेखेका छन्, ‘भनिन्छ नयाँ कामको थालनी गर्दा शुभ आरम्भ वा शुभारम्भ हुनुपर्छ र भविष्य पनि सुनौलो हुन्छ ।’
रावलसँग भेटेका मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति हुन् भने जोशी नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि सुदूर पश्चिम प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
नेता रावलले आगामी यात्राबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन पनि राखेका छन् । एमालेबाट निष्कासित भएपछि नेपालप्रेससँग कुरा गर्दै नेता रावलले एमालेमा ओलीबाट आजित भएकाहरुलाई साथ लिएर अघि बढ्ने बताएका थिए ।
आफू निकटहरुसँग छलफलमा रहेको भन्दै उनले भनेका थिए, ‘एमालेमा देशभक्त, केपी ओलीको स्वेच्छाचारी, निरंकुश तानाशाही आचरणबाट आजित भएकाहरु, अपराधी र देशघातीहरुलाई च्याप्ने र देशभक्त र इमानदारलाई पार्टीमा काम गर्न नदिएर किनारा लगाउने क्रियाकलाप छ । त्यसका विरुद्ध उभिनेछन् भन्ने मैले विश्वास गरेको छु । अब सबैको भावनालाई समेटेर अगाडि बढ्छु ।’
नेता रावलले देशव्यापी रुपमा कार्यकर्ताहरु, कैयौं स्वतन्त्र व्यक्तिहरु, नागरिक समाज, देशभक्तहरु जोडिइसकेको दाबी गरेका छन् ।
छुट्टै पार्टी खोल र त्यसलाई चलाएर पनि देखाउ हिम्मत छ भने ।
म लेखेर दिन्छु रावलले पार्टी खोल्दैनन । पार्टी खोले भने त छुट्टै र आफ्नै मात्र गतिविधि गर्नुपर्छ । उनलाई कसैले मिसन थमाएको छ ओलिको विरोध गर्ने र एमाले कमजोर बनाउने । अब उनले एउटा अभियान नामको ढोक्सा थाप्छन् । त्यसमा मिलेसम्म एमालेका नेता, कार्यकर्ता मात्र तान्न कोसिस गर्छन । आए पार्टी घोषणा नआए त्यसै ओलिको विरोध मात्र गर्ने हो । यिनको पार्टी खोल्ने, देश बनाउने उद्देश्य नै होईन । कसरी हुन्छ एमाले कमजोर बनाउने मिसन हो ।
tara je bhae pani rawalko rajnaitik bhabisya emale mai dekhinchha . unko rajnaitik uchai bujhne neta emalemai bhaeko huda anya parti tathaa anya byaktiko bahakaimaa nalaagi emaale sangathanko daayaraa bhitra chhirnu nai unko laagi rajnaitik bhabisya bachaaune eutai bikalpa ho. anya parti tathaa byaktile ta aafno swartha puraanahuda samma upayog garchhan, swartha puraa bhaepachhi kasaile waastaa gardaina ra kunai pani paarti futnu deshko laagi hitkar hudaina. parti sarkarmaa chha tyasko sadupayog garera janataalaai pratakchya labhanwit garaaunuhos. sudurpaschimma tapaiko bhabisya ujjwol chha.
भिम बहादूर रावल र घनश्याम भुसाल दुबैजनालाई एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीको बिरोध, बिरोध र बिरोध गर्न खटाइएको प्रतित हुन्छ। उनिहरु सित कोहि जानि नजानि जोडिन पुग्छ भने उसको राजनीतिक भविष्य अध्यांरो हुने पक्का छ। धेरै पटक फोन गरेर बोलाएर भेट्न आउनु भनेपछि एकाध मान्छेले भेट्छन्। उनको हैकम गर्ने संस्कार त त्यही हो। भिम बहादूर र घनश्याम दुबैजना आफुहरुलाई अति जान्ने सुन्ने (अजासु) ठान्छन्।