झापा पुगेर ओलीलाई प्रचण्डको चेतावनी- गिरीबन्धुमा तपाईंले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि-इस्टेट प्रकरणको फाइल खोलेरै छाड्ने दोहोर्याएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आयोजित माओवादीको खबरदारीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको सुई कांग्रेस र एमालेको हेडक्वार्टरतिर सोझिएपछि आफूलाई सरकारबाट हटाएको दाबी गरे ।
उनले प्रधानमन्त्री ओलीको दिमागमा जालझेलबाहेक अरु केही नभएको आरोप लगाए ।
प्रचण्डले भने, ‘उहाँले जालझेल नै गरिराख्नुहुन्छ, तर गिरीबन्धु टि-इस्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु । गिरीबन्धु ओम्नी, वाइड बडीको फाइल खोल्छु । मलाई अलोकतान्त्रिक शैलीमा हटाइयो । मेरो सुई गिरीबन्धुतिर जाँदै थियो । त्यहाँ जानु भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो, तपाईंहरुले ढुक्कसँग बुझे हुन्छ । सत्य कुरा त्यही हो । यो भ्रष्टाचारीलाई जोगाउन बनेको सरकार हो । यसले जनताको पक्षमा काम गर्नै सक्दैन ।
यो मान्छे पदबाट हटेपछि असन्तुलित हुँदै गएको देख्दैछु म त । ओलिका कारण पदबाट हटनु परेको भनेर रूँदैछ । चुनावपछि काँग्रेसलाई बेईमानी गरेर एमालेसँग मिल्न गएको एक महिना पनि नटिकीकन काँग्रेससँग मिल्न गएको होईन ? फेरि काँग्रेसलाई धोका दिएर एमालेतिर लहस्सिएको होईन ? मोदीको मन्त्रणा पछि फेरि काँग्रेसँग मिल्न कुराकानी चलाउन थालेको थाहा पाएर ओलिले अहिलेको कदम चालेका होईनन ? राजनीतिमा बेईमान, पिंध नभएको लोटा, पदको लागि जे पनि गर्ने भन्ने भाष्य प्रचण्डको कारण सिर्जना भएको होईन ? अहिले बिआरआई सम्झौता ओलिले गरेर आएपछि प्रचण्ड, प्रभू साह, ऋषि धमला ओलि र एमालेप्रति आक्रामक भएका छन् । दुर्गा प्रसाईं पनि हुन्थ्यो होला मुद्दा लागेर अलि सेलाएको छ अहिले । यी किन आक्रामक भएका हुन् भनेर त सजिलै बुछ्न सकिन्छ नि । पहिले पनि प्रचण्ड चुच्चे नक्सा निकालेपछि आक्रामक देखिएका थिए । भनेपछि यिनीहरूका मालिक को रहेछन्, यिनीहरूले नेपाललाई सधैं के बनाउन खोजेका छन भन्ने त छर्लङ्गै भयो नि । झापामा जुत्ताको माला लगाएर खेद्नु पर्ने ओलिलाई जे पनि बोल्ने फटाहालाई ।
This newspaper also has to explain something about the Giribandhu tea-estate issue. Just mentioning Prachanda’s words is not fair to the reader. Do you have any case studies or findings about Tea-Estate-related propaganda? Please bring the real story of tea estate, what has happened there, and what the Supreme Court says about the case. Just making the news about somebody’s saying and conspiracy.