श्रीलंकाको उदाहरण दिँदै प्रचण्डले सुनाए २०८४ मा माओवादी पहिलो पार्टी बन्ने आधार – Nepal Press

श्रीलंकाको उदाहरण दिँदै प्रचण्डले सुनाए २०८४ मा माओवादी पहिलो पार्टी बन्ने आधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार देखिएको दाबी गरेका छन् ।

झापामा आयोजित माओवादीको खबरदारीसभालाई सम्बोधन गर्दै उनले हालै भएको स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघको निर्वाचनको परिणामले कांग्रेस र एमालेलाई विस्तारै जनताले अस्वीकार गर्न थालेको देखिएको जिकिर गरे ।

उनले भने, ‘हिजो म सरकारबाट बाहिरिँदै गर्दा माओवादी सकियो अब भनेर प्रचार गरेका थिए, अहिले एक्लै जाँदा स्थानीय तहको उपनिर्वाचनको परिणामले उनीहरुको प्रचार खण्डन गरेको छ । माओवादीले त कहिले कांग्रेसलाई, कहिले एमालेलाई ठूलो पार्टी बनाउने गल्ती गरेको रहेछ । अब एक्लै लडेर दुवैलाई सिध्याइदिन्छौं ।’

प्रचण्डले कांग्रेस र एमालेसहित अन्य दलहरु मिलेको ठाउँमा पनि माओवादी एक्लैले जितेर देखाइसकेको सुनाए ।

‘हामी अब आउने निर्वाचनमा पहिलो पार्टी बन्छौं’, उनले भने, ‘तपाईंहरुले श्रीलंकामा देख्नुभयो नि ! अघिल्लो निर्वाचनमा कमजोर भनेर तीन सीटमात्रै ल्याएको एनपीपी, दुईदुई पटक हतियार उठाएर सशस्त्र क्रान्ति गरेको पार्टी, अहिले अत्यधिक बहुमत, झण्डै दुई तिहाइ ल्याएको छ । अहिलेको राष्ट्रपतिले पनि उठाएको मुद्दा भनेको भ्रष्टाचारकै हो । यही भ्रष्टाचार, सुशासन र आर्थिक समृद्धिको मुद्दाले नै २०८४ हामीलाई पहिलो पार्टी बनाउँछ । तपाईंहरु ढुक्क भएर लाग्नुस् ।


प्रतिक्रिया

One thought on “श्रीलंकाको उदाहरण दिँदै प्रचण्डले सुनाए २०८४ मा माओवादी पहिलो पार्टी बन्ने आधार

  1. मनको लड्डु घ्यू सित खाउ । पाईन्छ । सरकारमा ८४ सम्म जान नपाए यी नै माओवादी नहुन सक्ने देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर