कक्षाका साथीको हत्या कसुरमा चीनका दुई विद्यार्थीलाई आजीवन कैद फैसला – Nepal Press

कक्षाका साथीको हत्या कसुरमा चीनका दुई विद्यार्थीलाई आजीवन कैद फैसला

काठमाडौं । आफ्नै कक्षाका साथीको हत्याको कसुरमा चीनका दुई विद्यार्थीहरुलाई आजीवन कैद फैसला भएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार गत मार्चमा चीनको हबई प्रान्तका चाङ र लि नामका विद्यार्थीले वाङलाई हत्या गरेका थिए ।

उनीहरु दुवै १३ वर्ष उमेरका थिए । हत्या गरेर वाङको पैसा आधा-आधा बाँडेका थिए । उनीहरुले हत्या गरेर शवलाई एक हरितगृहमा गाडेका थिए ।

हत्या गरिएका वाङ धेरै सयमबाट बुलिङमा पनि परेका थिए । यी सबै कुराले सोमबारको फैसलामा चिनियाँ सामाजिक संजालहरुमा खुशी व्यक्त गरिएको बीबीसीले उल्लेख गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर