अखिल क्रान्तिकारीमा उमेर हदपछि जनार्दन- विद्यार्थी संगठनले गरेको पुस्तान्तरणको कदम ऐतिहासिक – Nepal Press

अखिल क्रान्तिकारीमा उमेर हदपछि जनार्दन- विद्यार्थी संगठनले गरेको पुस्तान्तरणको कदम ऐतिहासिक

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू गर्नु पुस्तान्तरणका लागि ऐतिहासिक र क्रान्तिकारी कदम भएको बताएका छन् ।

पार्टीमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व छाड्नुपर्ने भन्दै लिखित प्रस्ताव अघि सारेका शर्माले विद्यार्थीको कदमलाई समर्थन गरेका हुन् ।

शर्माले फेसबुकमा लेखेका छन्, ‘विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो । यसले झण्डै ४० लाख मतदाताको मनोविज्ञानलाई समेट्नेछ ।’

पार्टी निर्माण गर्ने बाटो आफैं जोखिमपूर्ण भएको भन्दै उनले इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टतासहित लागेमा मात्रै सम्भव हुने बताए ।

उनले अगाडि लेखेका छन्, ‘पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट-विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन । एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एकमात्र उद्देश्य हो ।’


प्रतिक्रिया

One thought on “अखिल क्रान्तिकारीमा उमेर हदपछि जनार्दन- विद्यार्थी संगठनले गरेको पुस्तान्तरणको कदम ऐतिहासिक

  1. ऐतिहासिक कदम पार्टीमा पनि लागू गर्न उक्साएका हुन यिनले । तर प्रचण्ड जस्तो पदलोलुप रहेसम्म अरूले आशै नगरे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर