माओवादीको स्पष्टीकरण- शेरा दरबार जग्गा प्रकरणमा जोडिएका श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा छैनन्
काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा जोडिएका विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारी नरहेको र पार्टीको कुनै पनि गतिविधिमा संलग्न नरहेको जनाएको छ ।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले केही सञ्चारमाध्यममा प्रकाशित उक्त प्रकरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम जोडेर भइरहेको गलत प्रचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
यस प्रकरणमा अध्यक्ष प्रचण्डलाई जोडेर प्रचार गर्नुको कुनै आधार नरहेको र प्रमाण तथा तथ्यका आधारमा हुने कानूनी कारबाहीमा आफूहरुको असहमति नरहने उनले बताए ।
उनले भने, ‘केही सञ्चारमाध्यममा प्रकाशित नुवाकोटको ‘शेरा दरवार’ जग्गा प्रकरणमा हाम्रो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डको नाम जोडेर भैरहेको प्रचारबाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा पार्टी अध्यक्षलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन । जग्गा प्रकरणका मुख्य भनिएका व्यक्ति विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् र पार्टीको कुनै गतिविधिमा पनि संलग्न छैनन् । प्रमाण र सत्यतथ्यका आधारमा हुने कानूनी कारबाहीमा हाम्रो असहमति नरहने कुरा स्पष्ट पार्न चाहन्छु ।’
प्रचण्डको समेत लगानी भएकाले लुकाउन उनलाई पार्टीबाट हटाएको नक्कल गरेको कसले बुझ्दैन ?
चोरको खुट्टा काटभन्दा खुट्टा उचालेको जस्तो ।