योगदानकर्ताका छोराछोरीलाई उपचार सेवा दिने सामाजिक सुरक्षा कोषको तयारी – Nepal Press

योगदानकर्ताका छोराछोरीलाई उपचार सेवा दिने सामाजिक सुरक्षा कोषको तयारी

योगदानकर्ताको सन्ततिको विवरण अद्यावधिक गर्न सामाजिक सुरक्षा कोषको आग्रह

काठमाडौं । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध भएका योगदानकर्ताका छोराछोरीलाई पनि उपचार सुविधा दिने तयारी गरेको छ । यस अघि स्वयम योगदानकर्ता र योगदानकर्ताको श्रीमान तथा श्रीमतीलाई समेत उपचार सुविधा दिइरहेको कोषले अब योगदानकर्ताका छोराछोरीलाई पनि उपचार सुविधा दिने तयारी गरेको हो ।

त्यसैलाई कार्यान्वयन गर्ने चरणमा कोषले योगदानकर्तालाई सन्ततीको विवरण अद्यावधिक गर्नका लागि आग्रह गरेको छ । कोषले एक सूचना जारी गर्दै औपचारिक क्षेत्रका योगदानकर्ताको दम्पत्ति र १८ वर्षसम्मका छोराछोरीमा समेत विस्तार भई कार्यान्वयनको चरणमा रहेको भन्दै सन्ततीको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

उक्त सुविधाकाको दाबी भुक्तानीका लागि केवाईसी अद्यावधिक अनिवार्य हुनुपर्ने व्यवस्था रहेको भन्दै विभिन्न क्षेत्रबाट कोषमा योगदान गर्ने योगदानकर्ता, तिनका दम्पत्ती र १८ वर्षसम्मको छोराछोरीको फोटोसहितको व्यक्तिगत विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नहुन अनुरोध गरिएको कोषका उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले जानकारी दिए ।

कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमार्फत योगदान गर्ने योगदानकर्ताले पाउने स्वास्थ्य उपचार सम्बन्धी सुविधा दम्पत्ती र १८ वर्षसम्मको छोराछोरीमा समेत विस्तार यस अघि नै गरिसकेको छ ।

सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि अनुसार स्वयम योगदानकर्ता, योगदानकर्ताको श्रीमान वा श्रीमती तथा छोराछोरीले तोकिएका अस्पतालमा उपचार गराउँदा ओपीडी सेवामा वार्षिक २५ हजारसम्म र भर्नासहित वार्षिक एक लाख रुपैयाँसम्मको उपचारमा ८० प्रतिशत छुटमा उपचार सुविधा दिने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *