इटहरीमा भेटिएको शङ्कास्पद झोलामा कुकर, कुकर भित्र पर्चा
नेपाल प्रेस
२०८१ पुष १६ गते १०:२४
विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ।
कालो झोलामा राखिएको कुकरमा राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा रहेको प्रहरीले जनाएको छ ।
स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको इटहरी प्रहरीले जनाएको छ ।
बिहान इटहरी उप महानगरपालिका अगाडी शङ्कास्पद बस्तु फेला परेको थियो ।
यस्तै सुनसरी र मोरङ जोड्ने बुढी खोलाको पुलमुनि समेत शङ्कास्पद झोला फेला परेको थियो ।
शङ्कास्पद बस्तु फेला परेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर