अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्दा राजनीतिक वृत्तमा तरंग ल्यायो, अरु पनि दबाबमा छन् : हिमाल शर्मा – Nepal Press

अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्दा राजनीतिक वृत्तमा तरंग ल्यायो, अरु पनि दबाबमा छन् : हिमाल शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले उमेर हद संगठनभित्र कसैको जित हार नभई राजनीति वृत्तमा नयाँ मुद्दा स्थापित गराएको बताएका छन्।

उमेर हदबारे भएको निर्वाचनमा ३२ वर्षे उमेर हदको पक्षमा बहुमत आएपछि विद्यार्थी आन्दोलनमा एउटा ऐतिहासिक परिघटना भएको बताए।

‘संगठनभित्र कसैको हारजित होइन, यस घटनाले हाम्रो पार्टी लगायत राजनीतिक वृत्तमा एउटा नयाँ तरंग ल्याएको छ । अन्य विद्यार्थी संगठनहरुलाई समेत दबाबमा परिरहेको छ’ उनले भनेका छन्, ‘नेविसंघमा कांग्रेस पार्टीले माथिबाट लादिएको उमेर हद यति वेला हटाउने प्रयास भइरहँदा क्रान्तिकारीको यस निर्णयपछि अफ्ठेरोमा पारेको छ ।’

३२ वर्ष उमेर काटेका संगठनको नेतृत्व तहमा बस्ने लिडरहरुले राष्ट्रिय सम्मेलनमा उमेर हदको एजेन्डालाई विधिवत् प्रस्तुत गरेकाले अहिले सम्भव भएको बताए।

‘०८१ पौष १३ गतेको निर्वाचनको गोप्य मतदानको प्रक्रियाबाट यो एजेन्डाको टुंगो लागेको छ । ३२ वर्ष पुरा हुने जो तपाई नेताहरू हुनुहुन्छ तपाईँको इच्छा विद्यार्थीको बिचबाट आफूलाई परीक्षित हुने मौका गुम्यो भन्ने कुरा मनमा पक्कै पनि छ । त्यो कुरा एक हिसाबले जायज नै छ’ शर्माले भनेका छन्, ‘तर एउटा विधि अगाडि बढिसकेकोले यसमा अल्झिनु भन्दा बरु एक कदम अगाडि बढेर यसको सम्पूर्ण ओनरसिप लिनु उपयुक्त हुन्छ ।’

पार्टीभित्र नवीनतम बहस पैरवी गरेर नीति निर्माण तहमा युवाहरूलाई मौका दिनुपर्ने एजेन्डा स्थापित गर्न लाग्न पनि आग्रह गरेका छन्।

उनले माघमा १२ पछि नेतृत्वमा आउनेहरूलाई नयाँ पुस्ताले वैचारिक र सांगठनिक हिसाबले विद्यार्थी आन्दोलनलाई सही बाटोमा डोर्‍याउने जिम्मेवारी आएको उल्लेख गरे।


प्रतिक्रिया

One thought on “अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्दा राजनीतिक वृत्तमा तरंग ल्यायो, अरु पनि दबाबमा छन् : हिमाल शर्मा

  1. ३७ वर्षदेखि लाजै नमानी पद ओगटेर बसेका तिम्रा अध्यक्षलाई चाहिँ यसले तरंगित पारिदियो । अरू पार्टीलाई कागलाई वेल पाक्यो हर्ष न विस्मात । माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादी भन्नेलाई चाहि यसले नराम्रो दनक दियो ।तर के गर्नु लाज नभएकालाई यस्ता कुराले छुदै छुदैन रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर