प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज नियुक्त
नेपाल प्रेस
२०८१ पुष १६ गते १६:०४
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त भएका छन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई आज नियुक्त गरेका हुन् । यसअघिका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
झापाको शिवसताक्षी- २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
प्रतिक्रिया