सूर्यदर्शन सहकारी ठगी प्रकरणः पहिलो दिनको थुनछेक बहस सकियो (भिडिओ)
नेपाल प्रेस
२०८१ पुष १६ गते १६:३९
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुको पहिलो दिनको थुनछेक बहस सकिएको छ ।
मंगलबार दिउँसोबाट जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो ।
पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधीश सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरे । सुजताको बहस सकिएको र शान्तीदेविको बयान बाँकी रहेको सेस्तेदार राजन खनालले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।
प्रतिक्रिया