एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न महासचिवको आग्रह
राँझा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मंगलबार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताए ।
महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए । मिसन ८४ मा केन्द्रित भएर काम गर्न पनि उनले निर्देशन दिए ।
पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई-तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा हाम्रो देशमा पनि सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको जिकिर गरे ।
यो महान कामलाई उल्टो छाप्ने काम रिपोर्टस नेपाल, बिजमाण्डु, जनआस्था नामका एमालेको विरोध गर्न कसैको ईसारामा खोलेका अनलाईनले गर्छन ।तिनलाई पनि चिर्नु छ । बिजमाण्डुले आजभोलि प्रसंग नै नमिल्ने विषय राखेर भए पनि ओलिको विरोध गरेरै छाडछ । त्यस्तै छ ऋषि धमलाको रिपोर्टस नेपाल पनि । ओलिको विरोध गर्ने जो कोही पनि या त भारतीय दलाल हुन् या ओलि भएकाले मान्छेलाई धम्काएर पैसा झार्न नपाएर तिलमिलाएका हुन् ।