भन्सारसम्बन्धी विधेयकमाथि छलफल- झण्झटिलो प्रक्रिया हटाउन सुझाव (भिडिओ) – Nepal Press

भन्सारसम्बन्धी विधेयकमाथि छलफल- झण्झटिलो प्रक्रिया हटाउन सुझाव (भिडिओ)

काठमाडौं । अर्थ समितिको बैठकमा ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि सैद्धान्तिक छलफल भएको छ ।

मंगलबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा अर्थमन्त्री विष्णु पौडेल र पूर्व अर्थमन्त्रीहरूको उपस्थितिमा विधेयकमाथि छलफल गरिएको हो ।

बैठकमा अर्थमन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रकृयालाई पारदर्शी विधेयकलाई डिजिटलाईजेसन गर्ने लगायतका कुराहरु प्रस्तुत विधेयकमा समेटिएको जानकारी दिए । भन्सार प्रकृयालाई प्रकृयामा संलग्नहरुले गर्ने काम समेत उल्लेख गरिएको उनको भनाइ छ ।

उनले भने,‘भन्सार प्रकृयालाई पारदर्शी बनाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता व्यक्त गर्‍यौं । त्यसको पक्ष भएर हस्ताक्षर गर्‍यौं । पारदर्शी प्रणाली अपनाउनका लागि यसलाई डिजिटलाईजेसन गर्ने लगायतका कुराहरू प्रस्तुत विधेयकमा हामीले राखेको छौं । साथै यस्लाई अलिकित उत्तरदायी बनाउनका लागि भन्सार प्रकृयामा संलग्नहरुले गर्ने काम के हुन्छन् भनेर समेत उल्लेख गरिएको छ ।’

पूर्वअर्थमन्त्री प्रकाशशरण महतले भन्सार प्रकृयामा भएका समस्याहरु कसरी न्यून गर्न सकिन्छ भन्ने विषयमा प्राथमिकताकासाथ छलफल गर्नुपर्ने बताए ।

त्यस्तै उनले भन्सार प्रशासन प्रभावकारी पनि हुने, राजस्व पनि वृद्धि हुने र दुरुपयोग गर्न सक्ने चान्सलाई पनि कम गर्ने गरी काम गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘भन्सार प्रकृयामा के समस्याहरु छन् । ती समस्याहरुलाई कसरी न्यून गर्न सकिन्छ । कसरी चुस्त दुरुस्त बनाउने कसरी अधिकारहरुलाई सिमित गर्न सकिन्छ । छिटो छरितो कसरी गर्न सकिन्छ ? जसको कारणबाट भन्सार प्रशासन प्रभावकारी पनि हुने राजस्व पनि वृद्धि हुने र उनीहरुले दुरुपयोग गर्न सक्ने चान्सलाई पनि कसरी कम गर्ने त्यसमा काम गर्नुपर्छ ।

उनले अहिलेको अन्तराष्ट्रिय बद्लिदो परिवेश अनुसार विधेयकहरूको परिमार्जन गर्नुपर्ने बताए ।

त्यस्तै अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समतिमा आएका विधेयकहरुमा ढिलाई नगरी डबल सिफ्ट गरेर भएपनि छलफल गराएर अर्थसमितिको सामर्थ्यलाई पनि प्रमाणित गर्न सुझाव दिए ।

कार्कीले सीमा क्षेत्रमा जनताले सिमाना रक्षा गरेर बसेपनि विभिन्न बहानामा भन्सार क्षेत्रमा नागरिकलाई दु:ख दिने काम भएकाले त्यसलाई अन्त्य गर्न अर्थमन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद डा. स्वर्णिम वाग्लेले बस्तुको भन्सार दल वैज्ञानिक र पारदर्शी ढंगले तोक्ने गरी कानून निर्माण गर्नुपर्ने सुझाव दिए । भन्सारको झण्झटिलो प्रक्रियालाई खारेज गर्नुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *