पुसदेखि जेठसम्म विद्युत प्राधिकरणका १२२ कर्मचारी अवकाशमा जाँदै (सूचीसहित)
काठमाडौं । चालू महिना पुसदेखि आगामी २०८२ जेठ मसान्तसम्म नेपाल विद्युत प्राधिकरणमा कार्यरत १२२ जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन् ।
प्राधिकरणका अनुसार चालू महिना पुषमा नवौँ तहका उपप्रबन्धकदेखि तह एक जुनियर हेल्परसम्म गरेर २५ जना अनिवार्य अवकाशमा जाने भएका छन् । जसमा नवौँ तहका उपप्रबन्धक एक जना, आठौ तहका सहायक निर्देशक एक जना तथा सातौ तहका इन्जिनियर २ जना रहेका छन् । बाँकी त्यो भन्दा तल्लो तहका कर्मचारी छ्न ।
आगामी माघमा १२ औँ तहको उपकार्यकारी निर्देशकदेखि तह एक कार्यालय सहयोगीसम्म २० जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन् । जसमा १२ औँ तहका उपकार्यकारी निर्देशक मात्रै ३ जना रहेका छन् भने सातौ तहका प्रशासकीय अधिकृत एक जना रहेका छन् । बाँकी त्यो भन्दा तल्लो तहका कर्मचारी छन् ।
आगामी फागुन महिनामा सातौ तहका इन्जिनियरदेखि तह २ हेल्परसम्म गरेर १२ जना कर्मचारी अनिवार्य अवकाशमा जादैँछन् । जसमा सातौ तहका इन्जिनियर एक जना र छैटौँ तहका सहाकय प्रशासकीय अधिकृत २ जना रहका छन् । बाँकी त्यो भन्दा तल्लो तहका कर्मचारी छन् ।
आगामी चैत महिनामा नवौँ तहका उपप्रबन्धकदेखि तह एक जुनियर हेल्परसम्म गरेर २१ जना कर्मचारी अनिवार्य अवकाशमा जादैँछन् । जसमा नवौँ तहका उपप्रबन्धक एक जना, सातौ तहका इन्जिनियर एक जना र छैटौ तहका सहायक प्रशासकीय अधिकृत १ र छैटौ तहकै सहायक लेखा अधिकृत एक जना रहेका छन् । बाँकी त्यो भन्द मूनीको तहका कर्मचारी रहेका छन् ।
आगामी बैशाखमा १० औँ तहका प्रबन्धकदेखि तह एक जुनियर हेल्परसम्म गरेर ३१ जना कर्मचारी अनिवार्य अवकाशमा जादैँछन् । जसमा १० औँ तहका प्रबन्धक एक, नवौँ तहका उपप्रबन्धक एक र छैटौ तहका सहायक लेखा अधिकृत एक, छैटौ तहकै सहायक प्रशासकीय अधिकृत एक, छैटौ तहकै सहायक इन्जिनियर २ जना रहेका छन् ।
बाँकी त्यो भन्दा मूनीका कर्मचारी छन् । आगामी जेठमा भने सातौ तहदेखि तह २ कार्यालय सहयोगीसम्म गरेर १३ जना कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । जसमा सातौ तहका इन्जिनियर एक, छैटौ तहका सहायक लेखा अधिकृत एक र छैटौ तहकै सहायक कानून अधिकृत एक जना रहेका छन् । बाँकी सबै कर्मचारी त्यो भन्दा मूनीका रहेका छन् ।