सबैलाई मिलाएर संविधान संशाेधन हुन्छ : गगन थापा – Nepal Press

सबैलाई मिलाएर संविधान संशाेधन हुन्छ : गगन थापा

हेटौंडा । नेपाली कांग्रेसको महामन्त्री गगन थापाले एमाले-कांग्रेस नेतृत्वको सरकारले सबैको सहमतिमा संविधान संसोधन गरिने बताएका छ्न ।

४९ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा हेटौंडाम अयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले देशको स्थायित्वको लागि संविधान संसोधन आवश्यक रहेको उनले बताए । अहिलेको निर्वाचन प्रणालीले गर्दा देशमा राजनीतिक स्थायित्व नआउने देखेर एमाले–काङ्ग्रेस मिलेर सरकार निर्माण गर्दै संविधान संसोधनको तयारी गरेको बताए ।

सरकारले संविधान संसोधनको विषयलाई सबै दलको साझा धारणा बनाएर लैजाने कसरत सुरु गरिसकेको भन्दै थापाले संघियताको विषयलाई पनि संविधान संसोधनमार्फत केही परिमार्जन गर्नुपर्ने बताए ।

प्रदेशको अहिलेको संख्यामा जनप्रतिनिधि आवाश्यक नरहेको बताउदै थापाले प्रदेश तहमा हुने जनप्रतिनिधि र मन्त्रीको सङ्ख्यालाई संविधान संसोधन मार्फत घटाइनुपर्ने बताए ।

फरक प्रसङ्गमा बोल्दै थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए । उनले भने आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’

आफुले विदेशीको लगानी भित्र्याउनेगरि अनलाइन बिज्नेसको कुरा गर्दा कीर्तिपुरको डाँडा भनेर ट्रोल गरिएको भन्दै अब कानून संशोधित गर्दै विदेशी लगानीलाई नेपालमा ल्याउने र नेपालको सफ्ट्वेयरमा काम गर्नेहरुलाई विदेशमा पनि कम्पनी खोल्न मिल्ने वातावरण बनाईने उनले बताए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर