जनकपुरका शाखा प्रबन्धक पक्राउको समाचार तथ्यहीन भएको सिद्धार्थ बैंकको भनाइ, भएको के थियो ? – Nepal Press

जनकपुरका शाखा प्रबन्धक पक्राउको समाचार तथ्यहीन भएको सिद्धार्थ बैंकको भनाइ, भएको के थियो ?

काठमाडौं । सिद्धार्थ बैंकले जनकपुरका प्रबन्धक पक्राउ भनेर प्रकाशित भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै वास्तविकता भन्दा बाहिर गएर समाचार सम्प्रेषित भएको जनाउँदै बैंकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हाे ।

विज्ञप्तिमा बैंकको क्षीरेश्वर शाखा तथा जनकपुर शाखाबाट ऋण लिएका ऋणीहरुले बैंकलाई तिर्नुपर्ने सावाँ र ब्याज निर्धातिर भाका नाघेको लामो समय भएपछि पटक-पटक मौखिक एवम् लिखितरुपमा पत्राचार गरेको, ३५ दिने सार्वजनिक सूचनामार्फत जानकारी गराएको र उक्त समयमा पनि कर्जा राफसाफ नगरेकाले कानूनबमोजिम धितो लिलामी गरिएको बैंकले उल्लेख गरेको छ ।

बैंकिङ अभ्यासको पद्धति अनुसार लिलामी गरिएपछि ऋणीहरुले यस निर्णयमा असहमति जनाउँदै पुस ११, १२ र १४ गते बैंकको विद्यापति चोक, रामानन्द चोक एवम् जनकपुर शाखामा धर्ना दिएर अवरोध खडा गरेको बैंकको भनाइ छ ।

त्यसपछि दुवै पक्षको छलफलका लागि सुरक्षित स्थान प्रहरी चौकी हुने भनेर प्रहरी चौकीमा भइरहेको छलफलका भिडिओ खिचेर सामाजिक सञ्जालमा जनकपुर शाखाका प्रबन्धक पक्राउ भनेर प्रचार गरिएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सोही छलफलमा पनि सम्पूर्ण जानकारी गराएर कानूनी प्रक्रियाअनुसार कर्जाका लागि राखिएको धितो लिलामी गरिएको बैंकले जनाएको छ ।

कानूनमुताविक भएको लिलामी चित्त नबुझेको खण्डमा कानूनी प्रक्रिाय अघि बढाउन सकिने व्यवस्था सदैव रहेको पनि बैंकले स्मरण गराएको छ ।

यस्तो छ बैंकको विज्ञप्तिः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर