प्रवासमा नेपाली श्रमिकका समस्या र रेमिट्यान्स सदुपयोगको प्रश्न
नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण पाटोको रूपमा विदेशी रोजगारी रहेको छ । प्रतिदिन हजारौं नेपाली युवा रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दो छ । यो क्रम केवल आर्थिक कारणले मात्र नभई सामाजिक, राजनीतिक र शैक्षिक कारणहरूले पनि प्रभावित छ । देशमा पर्याप्त रोजगारीको अभाव नेपाली युवाहरूलाई विदेश जान बाध्य बनाउने प्रमुख कारण हो । स्वदेशमा उद्योगधन्दाहरूको विकास नहुनु, कृषि क्षेत्रको आधुनिकीकरण नहुनु र सरकारी नीतिहरू प्रभावकारी नहुनुले गर्दा बेरोजगारी समस्या बढ्दो छ । यसका साथै उच्च शिक्षा हासिल गरेका युवाहरूको लागि आफ्नो योग्यताअनुसारको काम नपाउनु पनि एक प्रमुख समस्या हो ।
आकर्षक तलब र सुविधाहरू विदेशी रोजगारीको अर्को महत्वपूर्ण आकर्षण हो । मध्यपूर्वका मुलुकहरू, मलेसिया, दक्षिण कोरिया जस्ता देशहरूमा नेपालमा भन्दा बढी तलब र सुविधाहरू पाइने हुँदा धेरै नेपाली त्यहाँ जान आकर्षित हुन्छन् । साथै विदेशी मुद्रा कमाएर स्वदेशमा लगानी गर्ने र आफ्नो जीवनस्तर सुधार गर्ने सपना पनि वैदेशिक रोजगारीको मुख्य कारण हो ।
वैदेशिक रोजगारीमा जान म्यानपावर कम्पनीहरूमार्फत वा व्यक्तिगत सम्पर्कबाट समेत प्रक्रिया अघि बढाइन्छ । यस क्रममा धेरै चुनौतीको सामना गर्नुपर्छ । उच्च लागत, ठगी, अवैध म्यानपावर कम्पनीहरूको जालमा नेपाली श्रमिकहरू फस्ने जोखिम, भाषागत समस्या र कागजात प्रक्रियाको जटिलता वैदेशिक रोजगारीका प्रमुख चुनौतीहरू हुन् ।
विदेशमा नेपाली श्रमिकहरूले विभिन्न क्षेत्रमा काम गर्छन् । निर्माण, होटल, कारखाना, सुरक्षा गार्ड, घरेलु कामदारदेखि कार्यालयमा उच्च ओहोदासम्ममा समेत पदासिन छन् । केही श्रमिकहरूले राम्रो ठाउँमा काम र कमाइ पाए पनि धेरैले कठिन परिश्रम र न्यून तलबमा काम गर्नुपर्ने अवस्था छ ।
विदेशमा नेपाली श्रमिकहरूले विभिन्न क्षेत्रमा काम गर्छन् । निर्माण, होटल, कारखाना, सुरक्षा गार्ड, घरेलु कामदारदेखि कार्यालयमा उच्च ओहोदासम्ममा समेत पदासिन छन् । केही श्रमिकहरूले राम्रो ठाउँमा काम र कमाइ पाए पनि धेरैले कठिन परिश्रम र न्यून तलबमा काम गर्नुपर्ने अवस्था छ ।
विदेशमा नेपाली श्रमिकहरूले विभिन्न समस्याहरूको सामना गर्नुपर्छ । करारबमोजिमको काम र तलब नपाउने, करारमा उल्लेखित गरिएको भन्दा काम गर्ने घण्टा बढी हुने, बीमाको कारणले स्वास्थ्य क्षेत्रमा अत्यन्त न्यून पहुँच हुने कारण सुरक्षाको अभाव हुने, शोषण र दुर्व्यवहार जस्ता समस्याहरू नेपाली श्रमिकले भोग्ने गरेका छन् । यस्ता समस्याका कारण कतिपय अवस्थामा श्रमिकहरूको कार्यस्थलमा दुर्घटनामा परेर मृत्युसमेत हुने गरेको छ ।
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्रोत बनेको छ । रेमिट्यान्सले नेपालको ६५ प्रतिशतभन्दा बढी आर्थिक व्ययभार थाम्ने गरेको छ । यसले देशको कुल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान पु¥याएको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको योगदान समयसँगै परिवर्तन हुँदै आएको छ ।
पछिल्लो रेकर्डअनुसार चालू आर्थिक वर्षमा जीडीपीमा रेमिट्यान्सको योगदान २२.९६ प्रतिशत रहेको अनुमान गरिएको छ । यसअघि सन् २०२१ मा रेमिट्यान्सको हिस्सा जीडीपीको २४.८ प्रतिशत रहेको थियो । यो तथ्याङ्कले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको देखाउँछ । परिवारको जीवनस्तर सुधार, बालबालिकाको शिक्षा, स्वास्थ्योपचार र घरजग्गा खरिदमा मात्र प्रायः रेमिट्यान्सको रकम प्रयोग हुने गरेको छ । यसलाई विस्तार गरेर उत्पादन क्षेत्रमा प्रयोग गर्न पाए रेमिट्यान्सको रकमको सदुपयोग हुनेछ ।
करारबमोजिमको काम र तलब नपाउने, करारमा उल्लेखित गरिएको भन्दा काम गर्ने घण्टा बढी हुने, बीमाको कारणले स्वास्थ्य क्षेत्रमा अत्यन्त न्यून पहुँच हुने कारण सुरक्षाको अभाव हुने, शोषण र दुर्व्यवहार जस्ता समस्याहरू नेपाली श्रमिकले भोग्ने गरेका छन् ।
वैदेशिक रोजगारीका सकारात्मक पक्षहरूमा आर्थिक आय वृद्धि, सीप र ज्ञान आर्जन, जीवनस्तरमा सुधार र विदेशी मुद्रा आर्जन प्रमुख छन्, तर नकारात्मक पक्षहरूमा परिवार विघटन, सामाजिक समस्या, मानव तस्करी र श्रम शोषण जस्ता समस्याहरू समेत देखिएका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न नीति तथा कानूनहरू लागू गरेको छ । श्रम सम्झौता, न्यूनतम तलब निर्धारण, सामाजिक कल्याणकारी कोषको स्थापना र वैदेशिक रोजगार विभागको स्थापना जस्ता प्रयास सरकारी क्षेत्रबाट गरिएका छन् ।
वैदेशिक रोजगारीलाई अझ सुरक्षित र मर्यादित बनाउन थप प्रयासहरू आवश्यक छन् । स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने, सीपमूलक तालिम प्रदान गर्ने र उद्यमशीलता विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । साथै विदेशमा भएका नेपाली श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न आवश्यकअनुसार कूटनीतिक पहलसमेत बढाउनुपर्छ ।
वैदेशिक रोजगारी नेपालको वर्तमान आर्थिक-सामाजिक यथार्थ हो । यसलाई सुरक्षित र मर्यादित बनाउँदै क्रमशः स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नेतर्फ राज्यको ध्यान जान आवश्यक छ । साथै रेमिट्यान्सको उचित व्यवस्थापन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गरिनुपर्दछ । जसका कारण प्रवासमा बगेका नेपाली पसिनाले सार्थकता प्राप्त गर्न सफल हुन्छ । यसरीमात्र वैदेशिक रोजगारीबाट अधिकतम लाभ लिन सकिन्छ र देशको दीर्घकालीन विकासमा योगदान पुर्याउन सकिन्छ ।
(कतारमा व्यवसाय गर्ने चानक पोखरेल प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव हुन्)