भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित
काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित भएको हो ।
समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मतबाट पारित भएको हो ।
समितिको बिहीबारको बैठकमा समितिका सभापति रामहरी खतिवडाले प्रतिवेदन सहितको संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सबै समितिका सदस्यले ताली बजाउदैँ पारित गरेका हुन् ।
समितिबाट विधेयक पारित भएसँगै अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ ।